फोर्ड र जीएमलाई पछि पार्दै भियतनामी विद्युतीय सवारी उत्पादक

काठमाडौं । भियतनामी विद्युतीय सवारी भाइनफास्टको सेयर बजार मूल्य व्यापारको पहिलो दिनमै फोर्ड र जनरल मोटर्स जीएमको भन्दा बढी पुगेको छ ।

न्यूयेर्कमा डेब्यु गरेको दिननै कम्पनीको सेयर मूल्य ३७ डलर पुगेको हो । जवकी कम्पनीले नाफा कमाउने चरण सम्म पुग्न बाँकी छ ।

फोर्डका ४८ बिलियन र जीएमको ४६ बिलियन सेयर बजार भएको अवस्थामा भाइन फाष्टको ८५ विलियन पुगेको हो । यसले मोटर उद्योगका दिग्गजलाई पछी पार्दै नयाँ विदुतीय सवारी उत्पादक अगाढी बढिरहेको देखाउछ ।

त्यसो त यो सूचीले भाइनफास्टका अध्यक्ष तथा संस्थापक फाम न्हाट बुङको सम्पत्तिमा पनि करिव ३९ बिलियव थपिदिएको छ । जो पहिला नै भियतनाका सबैभन्दा धनी व्यक्ति थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here