बचतमा उच्च ब्याज दिँदै ग्लोबल आइएमई बैंक, रेमिट्यान्स बचतमा २ प्रतिशत धेरै

काठमाडौं । ग्लोबल आइएमई बैंकले बचतमा उच्च ब्याजदर दिने भएको छ । २० वटा वाणिज्य बैंकहरुमध्ये ग्लोबलले सर्वाधिक व्यक्तिगत मुद्दतिमा १०.८९६ प्रतिशत र संस्थागतमा अधिकतम् वार्षिक ९.३९६ प्रतिशत ब्याज दिने भएको हो ।

अन्य बैंकहरुले जारी गरेको ब्याजदर भन्दा ग्लोबल आइएमई बैंकको ब्याजदर बढी रहेको छ । ग्लोबलले दिएको ब्याजदर केही वाणिज्य बैंककोभन्दा २ प्रतिशतसम्म धेरै हो ।

यस्तै, बैंकले रेमिट्यान्स बचतमा २ प्रतिशत धेरै ब्याज दिने भएको छ । अरु बैंकहरुले रेमिट्यान्स निक्षेपमा अन्य निक्षेपको ब्याजदर भन्दा १ प्रतिशत धेरै दिइरहेका छन् भने ग्लोबलले अन्य निक्षेपमा भन्दा २ प्रतिशत धेरै दिएको छ । बैंकको मुद्दती निक्षेपमा वार्षिक ११.८९६ प्रतिशत रहेको छ ।

मुद्दती निक्षेपतर्फ ३ महिना वा सो भन्दा धेरै अवधि भएका मुद्दती योजनाहरुमा ग्लोबल आइएमई बैंकले वार्षिक १०.८९६ प्रतिशत ब्याजदर प्रकाशित गरेको छ ।

उक्त मुद्दती योजनामा प्रकाशित ब्याजदर अन्य वाणिज्य बैंकहरुले प्रकाशित गरेको मध्य उच्चतम् ब्याजदर हो । संस्थागत निक्षेप तर्फ पनि बैंकले प्रकाशित ब्याजदर अन्य वाणिज्य बैंकहरुले प्रकाशित ब्याजदर मध्य अधिकतम् नै देखिन्छ ।

न्यूनतम् ६ महिना वा सो भन्दा बढि अवधि भएको संस्थागत निक्षेपमा वार्षिक ९.३९६ प्रतिशत प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रमा आउने निक्षेपहरुमा बैंकको ब्याजदरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ ।

निक्षेपकर्ताहरुले उपलब्ध ब्याजदरहरु मध्य धेरै ब्याजदर प्रदान गर्ने वित्तीय संस्था रोजाइमा राख्ने गरेको देखिन्छ । बचतकर्ता महानुभावहरुको लागि पनि उपलब्ध ब्याजदरहरु मध्यबाट उच्च ब्याजदर प्रदान गर्ने बैंकमा निक्षेप राख्ने हो भने ब्याज आम्दानी धेरै हुन्छ ।

साथै, बैंकहरुले भाद्र महिनाको लागि प्रकाशित गरेको ब्याजदरलाई मध्य नजर गर्दा भाद्र महिनामा ग्लोबल आइएमई बैंकमा धेरै निक्षेपकर्ताहरुको आकर्षण हुने देखिन्छ ।

यस बैंकको नेपालका ७७ जिल्लामा शाखा कार्यालयहरु पनि रहेको र सम्पूर्ण शाखा सञ्जाल तथा विभिन्न सेवा केन्द्रहरुबाट ग्राहक महानुभावहरुले निक्षेप जम्मा गर्न सकिने हुर्दा ग्राहक महानुभावहरुले यस उच्चतम् ब्याजदरको स्वभाविक फाइदा लिने अवसर बन्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here