समाजवादी मोर्चामा खटपट, धनगढीको सभा स्थगित

काठमाडौं । सरकार अमेरिकी सहयोग परियोजना(एमसीसी) कार्यान्वयनमा जाने भएपछि समाजवादी मोर्चामा खटपट देखिएको छ ।

राष्ट्रिय स्वाधिनताको कुरा छाडेर घोषणापत्रको मूल मर्मविपरीत अघि बढ्न खोजेपछि खटपट देखिएको नेकपाका नेताले बताए । आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेट भएको थियो ।

भेटमा विप्लवले एमसीसी कर्यान्वयनमा जाने भएपछि हामीसँगै सभामा जान सक्दैनौं भनेपछि स्थगित भएको हो । आज धनगढीमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीलगायतले सम्बोधन कार्यक्रम तय भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here