एसिया कप: पाकिस्तानले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

नेपालले टस हारेसँगै पाकिस्तानका कप्तान बाबर आजमले पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

मुल्तानमा हुने खेलमा नेपाल पहिले बलिङ गर्न बाध्य भएको हो । एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो ।

एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ । आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here