सन्दीप ५० औं ओडीआई खेल्ने तेस्रो नेपाली खेलाडी

काठमाडौं । बुधबार पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा एसिया कपमा पाकिस्तानविरुद्ध खेल्दै नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा ५० औं खेल पूरा गरेका छन् ।

सन्दीपले २०१८ अगष्टमा नेदरल्यान्ड्सविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । ४९ ओडीआई खेलमा ३६७ रन बनाउनुको साथै १ सय ११ विकेट लिएका छन् । सन्दीप रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीपछि ५० औं ओडीआई खेल्ने तेस्रो नेपाली खेलाडी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here