एसिया कप क्रिकेट: पाकिस्तानसँग नेपाल २३८ रनले पराजित

Pakistan's Mohammad Rizwan (R) plays a shot during the Asia Cup 2023 cricket match between Pakistan and Nepal at the Multan Cricket Stadium in Multan on August 30, 2023. (Photo by Asif HASSAN / AFP)

काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको छ । घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो । नेपालका सोमपाल कामीले २८ र आरिफ शेखले २७ रन बनाउन सके ।

यी दुईले चौथो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए । नेपालले ७२ रन जोड्दा ह्यारिस रौफले आरिफलाई आउट गर्दै उक्त साझेदारी तोडे । त्यसपछि रौफकै बलमा सोमपाल आउट भए ।

नेपालले १४ रनमै ३ विकेट गुमाएको थियो । कुशल भुर्तेल ८ र आसिफ शेख ५ रनमा आउट भए भने कप्तान रोहित पौडेलले खाता खोल्न सकेनन् । गुल्सन झाले १३ रन बनाए भने सन्दीप लामिछानेले खाता खोल्न सकेनन् ।

अब नेपालले एसिया कप अन्तर्गत दोस्रो खेल १८ गते श्रीलंकाकी क्यान्डीमा भारतविरुद्ध खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here