काठमाडौंका यी सडकमा दुईदिन सवारीसाधन चलाउन नपाइने

काठमाडौं । बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया मनाउने भएकाले काठमाडौं महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ ।

बिहीबार (आज) गाईजात्रा र शुक्रबार (भोलि) गुँलागा दुतिया मनाउने भएकाले काठमाडौंका विभिन्न सडकमा सवारी साधन सञ्चालान गर्न नदिइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत विभिन्न सडकमार्गमा सवारी साधन प्रवेश गर्न नदिने महानगरपालिकाले सार्वजनिक सूचना निकालेर जानकारी दिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here