मेस्सी आबद्ध इन्टर मियामी बराबरीमा रोकियो

एजेन्सी । अमेरिकामा जारी मेजर लिग सकर (एमएलएस) मा लिओनल मेस्सी कप्तानीको इन्टर मियामी बराबरीमा रोकिएको छ ।

आज बिहान सम्पन्न खेलमा मियामी नास्भिल एफसीसँग गोलरहित बराबरीमा रोकिएको हो । मेसी आबद्ध भएपछि लगातार जित निकालेकोमियामी पहिलो पटक बराबरीमा रोकिएको हो।

खेलको अधिकांश समय बल आफ्नो पकडमा राखे पनि मियामी गोल गर्न भने चुक्यो । यो नतिजासँगै २४ खेलमा २२ अंकसहित १४ औँ स्थानमा उक्लिएको छ । यस्तै, नास्भिल एफसी ३९ अंकसहित सातौं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here