सरकारको चेतावनी लत्याउँदै महावीर पुनले पुन: बिक्रीमा राखे अन्तर्राष्ट्रिय पदक

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि खर्च पुन: आफ्ना तीन अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेका छन्।

उनले सामाजिक सञ्जालमार्फत् अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेको जनाएका हुन्।

वीरगन्जको कृषि औजार कारखानामा ३ सयदेखि ५ सय केभिएसम्मको ट्रान्सफर्मर दशैं अगाडि नै राख्नुपर्ने भएकाले पदक बिक्रीमा राखे पुनकाे भनाइ छ।

उनले फेसबुकमा लेखेका छन्, ‘लौ त, आज जनैपूर्णिमाको शुभदिनमा केही पैसा भएका साथीहरू मिलेर २० देखि २५ लाख सम्ममा मेरा यी अन्तर्राष्ट्रिय पदकहरू किन्नूहोस् त। नेपालको पदक चाहिं बेच्न नपाइने भयो। ती पदकहरू किनेर घरमा वा म्युजियममा वा जहाँ इच्छा छ राखे हुन्छ।’

यसभन्दा अगाडि पुनले पदक बिक्री गर्न खाेज्दा सरकारले राेक लगाएकाे थियाे।

गृहमन्त्रालय अन्तरगतको विभूषण शाखाले पुनको नाममा पत्र काट्दै नेपाल सरकारले प्रदान गरेको उज्जल कीर्तिमय राष्ट्रदीपलगायतका पदक नबेच्न चेतावनी दिएको थियाे।

उनले म्यागासेसे पदकसँगै राष्ट्रदीप, नेपाल सरकारबाट प्राप्त दुई मेडल, युएसएबाट प्राप्त इन्टरनेट हल फेमलगायतका पदक बेच्ने घोषणा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here