नेपालको चुच्चे नक्सालाई मान्यता नदिएपछि मेयर बालेनले गरे चीन भ्रमण रद्द

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चीन भ्रमण रद्द गरेका छन् । चीनले भर्खरैमात्र सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेको भन्दै उनले चीन भ्रमण रद्द गर्ने निर्णय गरेका हुन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले नैतिकताका आधारमा चीन भ्रमणमा नजाने निर्णय गरेको जानकारी दिएका हुन् । चीनको निमन्त्रणामा मेयर साह ५ दिने भ्रमणमा चीन जाँदै थिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।

केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।

नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here