‘सरकारले इतिहासकै उत्कृष्ट काम गरेकाले जनतामा उत्साह छ’

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासकै उत्कृष्ट काम गरेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को भर्चुअल रुपमा उद्घाटन गर्दै सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र सुशासनको पक्षमा काम गरेको बताएका हुन् ।

प्रचण्डले भुटानी शरणार्थी प्रकरण,ललिता निवास प्रकरण,सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानविन र कारवाहीले जनतामा उत्साह आएको दावी गरे ।

अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा,शहीदहरुको नाम राजपत्रमा प्रकाशन,लडाकुहरुलाई राहत दिने निर्णयले माओवादी आन्दोलनको सम्मान गरेको समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here