एसिया कप क्रिकेट: भारतले टस जित्यो, पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । एसिया कप क्रिकेटको समूह ‘ए’मा अहिले चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच आज खेल भइरहेको छ ।

यसैबीच, भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

खेल सवा ३ बजेबाट श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले क्रिकेट रंगशालामा शुरू हुँदैछ । एसिया कपको आयोजक पाकिस्तान भएपनि भारत नजाने भएपछि श्रीलंकामा खेल हुन लागेको हो ।

भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here