अभिनेत्री निरूता सिंहले गरिन् बिहे

काठमाडौं । अभिनेत्री निरूता सिंहले बिहे गरेकी छन्। उनले मुम्बईका सञ्जीभ गुलाटीसँग लगनगाँठो कसेकी हुन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरेको जानकारी दिएकी हुन्।

‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो। त्यो हो …’निरूता जी बिहे कहिले गर्ने?’ भन्ने प्रश्न। आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु।तपाईंहरूको निरूता सिंहले गत बिहीबार अगस्ट ३१, २०२३ को दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ। हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु,’ उनले भनेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here