काठमाडौं । पाकिस्तानले यसअघि पहिलो खेलमा नेपाललाई पराजित गरेकाले ‘सुपर फोर’मा पुग्यो। भारतले भने सुपर फोरको यात्रा तय गर्न नेपाललाई हराउनु पर्नेछ।
सन् २०१९ को एकदिवसीय विश्वकप यता भारत र पाकिस्तान एकअर्का विरुद्ध ५० ओभरको खेलमा भिडेकै थिएनन्। हिजो भने जारी एशिया कपमा यी दुई परस्पर प्रतिद्वन्द्वीबीचको खेल थियो। तर, खेल नतीजाविहीन हुन पुग्यो।
वर्षाका कारण दोस्रो ‘इनिङ’ शुरू हुनै नपाई खेल रद्द भयो। भारतले पहिलो इनिङमा ४८.५ ओभर खेल्दै सबै विकेट गुमाएर २६६ रन बनाएको थियो।
२६७ रनको लक्ष्य पछ्याएको पाकिस्तान जवाफी ब्याटिङमा उत्रन नपाई खेल रद्द भयो। दुवै टोलीले एक-एक अंक बाँडे।
पाकिस्तानले यसअघि पहिलो खेलमा नेपाललाई पराजित गरेकाले ‘सुपर फोर’मा पुग्यो। भारतले भने सुपर फोरको यात्रा तय गर्न नेपाललाई हराउनु पर्नेछ।


























