नबिल बैंकले ल्यायो तीज अफर, डेबिट/क्रेडिक कार्डदेखि लकरसम्म निःशुल्क

काठमाडौं । नबिल बैंकले महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ ।

यस अफर अन्तर्गत महिला ग्राहकले ‘नबिल प्रिमियम नारी बचत खाता’ खोल्दा पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

साथै, पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको यस अफर अन्तर्गतग ग्राहकले असोज १५ गतेसम्म खाता खोली तोकिएका सुविधा प्रयोग गर्न सक्नेछन् ।

नबिल बैंक नेपालको निजी क्षेत्रको एक अग्रणी बैंक हो । नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६५ शाखा र २९८ एटीएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here