नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने, विदेशबाट छोरा आएपछि अन्त्येष्टि

काठमाडौं । नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।

नेम्वाङका दुवै छोरा विदेशमा भएकाले आएपछिमात्रै अन्त्येष्टि गर्ने तयारी छ । नेम्वाङका छोरा स्वेदेश फर्किन करिब दुई दिन लाग्ने अनुमान छ।

एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिनेछ ।

स्नातक अध्ययनका क्रममा विसं २०२८/२०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेएका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए ।

विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र (माले)मा सङ्गठित एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here