असोजदेखि फोहोर रोक्ने निर्णयबाट पछि हट्यो बञ्चरेडाँडाबासी, सरकारसँग चार बुँदे माग

फाइलफोटो

काठमाडौं । संघीय सरकार र काठमाडौं महानगरपालिकाले गरेको सम्झौता कार्यान्वय नगरेको भन्दै आन्दोलित भएको बञ्चरेडाँडाबासी पछि हटेको छ । उपत्यकाका १८ वटा नगरपालिकाले फोहोर फाल्दै आएको बञ्चरडाँडा क्षेत्रमा आउदो असोज १ गतेदेखि फोहोर बिर्सजनमा रोक लगाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालयको पत्रपछि आन्दोलनको स्वरूप परिवर्तन गरेको समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भन्यो।

‘२०८० असोज १ गते देखि निर्धारित गरिएको कठोर आन्दोलनलाई स्वरूप परिवर्तन गरी रचनात्मक आन्दोलनमा रूपान्तरण गरिएता पनि विगतका सहमती पूर्ण रूपमा कार्यान्वयन सम्पन्न नहुँदासम्म शान्तिपूर्ण आन्दोलन निरन्तर रहने छ ।’

असोज १ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मातहतका मन्त्रालय, विभाग समेतमा पत्रद्वारा अन्य रचनात्मक कार्यहरूलाई निरन्तरता दिइने समितिले बताएको छ।

असोज २१ गते बिहान ६ बजेदेखि दिउँसो ११ बजेसम्म फोहोरमैला ढुवानीका साधनहरूलाई ल्यान्डफिल साइट प्रवेशमा रोक लगाउने गरी आन्दोलनको स्वरूप फेरिएको समितिले शुक्रबार पत्रकार सम्मेलन गरेर बताएको छ। समितिले सरकारसँग चार बुँदे प्रस्ताव गरिएको पनि ढुंगानाले बताए।

मानव बस्तीरहित ल्यान्डफिड साइट, लफोहोरमैला प्रदूषणरहित बस्ती, प्रभावित क्षेत्रलाई विशेष सवेदनशील क्षेत्र निर्णय गरी कार्यान्वयन, कायान्वयन र फोहोरमैला विकास प्रधिकारण गठन गर्नुपर्ने प्रस्ताव रहेको समितिले बताएको छ।

काठमाडौं महानगरपालिकाले सत्य तथ्य लुकाउन उद्देश्यले गन्ध निरोधक औषधी प्रयोग गरेर ल्यान्डफिल साइटमा फोहोरको असर नरहेको भन्ने भान पारिरहेको भन्दै त्यसो नगर्न समितिले आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here