प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्म स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ।

शुक्रबार बसेको संसद् बैठकमा भोलिबाट हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका र चीन भ्रमणको बारेमा जानकारी गराईएको थियो । बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणबारे सदनलाई जानकारी गराए ।

त्यस्तै आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित मन्त्रालयमा पठाईओस् भन्ने कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको प्रस्तावसमेत सर्वसम्मतरुपमा पारित भएको छ ।

अर्को बैठक असोज १४ गते आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here