प्रविधि पत्रकार मञ्‍चमा नयाँ नेतृत्व, अध्यक्षमा उमेश पौडेल निर्विरोध

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टिजेएफ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न भएको १०औ वार्षिक साधारणसभाले उमेश पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

मञ्‍चको उपाध्‍यक्षमा पूर्णभक्त दुवाल निर्वाचित भएका छन् भने सचिवमा उन्नत सापकोटा निर्वाचित भएका छन् ।

यस्तै कोषाध्यक्षमा अनिल न्‍यौपाने र सह-सचिवमा रक्षा रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संस्थाको सदस्यमा अभिशेक गुप्ता, कमल केसी, गणेश सुवेदी, प्रकाश चन्द्र जोशी, सजना बराल र हिक्मत आचार्य सर्वसम्मत रुपमा चयन भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here