एसियन गेम्सका लागि क्रिकेट टोली घोषणा

काठमाडौं । एसियन गेम्सका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपालले रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो।

नेपाली टोलीमा कप्तान पौडेलसहित करन केसी, प्रतिस जिसी, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजबंशी, विवेक कुमार यादव, अविनाश बोहरा र सन्दीप लामिछाने छन्।

नेपालले समूह ‘ए’मा मंगोलिया र माल्दिभ्ससँग खेल्ने छ। एसियन गेम्समा क्रिकेट खेलहरु टी–२० फर्म्याटमा हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here