बिहान ६ बजेपछि पुरुषलाई पशुपति दर्शन निषेध

काठमाडौं । तीजका दिन यही असोज १ गते बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ।

पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ। पशुपति क्षेत्रमा आउने महिलालगायत भक्तजनको भने पहिरन शोभनीय हुनुपर्ने कोषले जनाएको छ । दर्शनार्थीले अश्लील तस्बिर खिचेमा मोबाइल सिज गर्न कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ ।

पशुपति क्षेत्रमा दैनिक घरघरबाट बरालिएर आउने युवायुवतीलाई सम्झाउन सबैको सहयोग कोषले माग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here