गैह्रीगाउँ हत्या प्रकरण: यी हुन् ४ जनाको सामूहिक हत्यामा संलग्न

काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याका आरोपितलाई सार्वजनिक गरेको छ । प्रहरी परिसर टेकुमा आयोजित पत्रकार सम्मेलनमार्फत आरोपित व्यक्ति सञ्जय भण्डारीलाई सार्वजनिक गरिएको हो ।

हत्यापछि खुकुरीसहित भागेका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका भण्डारी लाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा आइतबार पक्राउ गरेको हो। सिन्धुपाल्चोक जाने तयारी गरिरहेका उनलाई पेप्सीकोलाबाट नियन्त्रणमा लिएको हो।

गैह्रीगाउँको दिव्य स:मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो।

उनी बोल्न नसक्ने‍ र सांकेतिक भाषामा कक्षा १२ उत्तीर्ण गरेको प्रहरीले जनाएको छ। पक्राउ पछि उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेखेका थिए।

केही दिनअघि चाबहिलमा नवीनले चलाएको बाइकको ठक्करबाट भण्डारी घाइते भएका थिए। शुक्रबार राति भने भण्डारी नवीन बस्ने फर्निचरमा पुगेका थिए। केही विवादपछि उनले झोलामा राखेको कुखुरी निकाले र नवीनको हत्या गरे।

त्यसपछि निस्किँदै गर्दा उनले तल्लो तलामा बस्ने थप तीन जनाको पनि थाहा पाउने डरले हत्या गरेको स्वीकार गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here