घट्यो निक्षेप संकलन र कर्जा लगानी

काठमाडौं । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.१३३ अर्ब २४ करोड (२.३ प्रतिशत) ले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.१०० अर्ब ७७ करोड (२.० प्रतिशत) ले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.९ प्रतिशतले बढेको छ ।

यस्तै, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४ अर्ब ३५ करोड (०.१ प्रतिशत) ले घटेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.२ अर्ब ३१ करोड (०.०५ प्रतिशत) ले घटेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here