पृथ्वी राजमार्गको नौबिसे-मलेखु सडक राति बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि २० गतेसम्म राति बन्द हुने भएको छ।

सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा राति ११ बजेदेखि ३ बजेसम्म चार घण्टा सवारी आवागमन बन्द गर्न लागिएको हो।

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकको निर्णयानुसार सडक खण्डको किमि १७ (खयरघारी) र किमि ३३ (पोखरे खोला नजिक) स्वीकृत डिजाइन अनुसार सडक चौडा गर्नुपर्ने र निर्माणको समयमा आवागमन गर्दा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै रातका समयमा सडक नै बन्द गरिने भएको हो ।

सो अवधिमा एम्बुलेन्स र सुरक्षा निकायको सवारी साधनलाई भने सहजीकरण गरिनेछ । प्रशासनले पूर्वतर्फ काठमाडौँ तर्फबाट आउने सवारी साधन रोकिने स्थान थाक्रे गाउँपालिका वडा नम्बर १ को एक्लेफाँट र पश्चिमतर्फ मुग्लिङतर्फबाट आउने सवारी साधन रोकिने स्थान गजुरी गाउँपालिका वडा नम्बर ५ को घाटवेशी पुललाई तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here