वडा समितिको नेतृत्व चयनको लागि पनि चुनाव गर्न रास्वपाको निर्देशन, उम्मेदवार शुल्क एक सय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वडा समितिको नेतृत्व चयनको लागि पनि चुनाव गर्न निर्देशन दिएको छ ।

वडा तहको समितिको लागि कात्तिक १० देखि १६ सम्म राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन मार्फत नेतृत्व चयन गर्नेछ । कार्यसमितिमा चयन हुनेहरुको नामावली कात्तिक २० गते सार्वजनिक गरिने जनाएको छ ।

रास्वपाको वडा समितिमा ११ जना हुने व्यवस्था छ । सभापति, उपसभापति, सचिव सहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ । ११ जनामा दलित एक जना अनिवार्य गरिएको छ । महिला चार जना, ४५ वर्षुमनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन् ।

अनलाइनबाट वडा तहको समितिका लागि उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको छ । उम्मेदवार दर्ताका लागि असोज २ देखि २० सम्म आह्वान गरिएको छ । उम्मेदवार हुन १०० रुपैयाँ शुल्क तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here