राष्ट्रिय झण्डासँग सेल्फी खिचेर एमालेले मनायो ‘संविधान उत्सव’ (फोटोफिचर)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले राष्ट्रिय झण्डासँग सेल्फी खिचेर संविधान उत्सव मनाएको छ ।

बुधबार बिहान ७ बजे नारायणचौरमा भएको विशेष कार्यक्रममा सहभागीहरुले राष्ट्रिय झण्डासँग सेल्फी खिचेका हुन् । कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीसहित पदाधिकारी तथा केन्द्रीयस्तरका नेता, सांसद तथा ठूलो संख्यामा एमाले कार्यकर्ता सहभागी थिए।

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा सहभागी भएर राष्ट्रिय झण्डासँग सेल्फी खिच्न आह्वान गरेका थिए।

नारायणचौर परिसरमा राष्ट्रिय झण्डासँगै ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान दिवसको शुभकामना दिए।

तस्बिरहरू : बालकाेट फेसबुक पेजबाट