अभिनेता गौरव पहारीले गरे टीकाटालो

काठमाडौं । अभिनेता गौरव पहारी र श्रेयानी खतिवडाबीच बुधबार इन्गेजमेन्ट भएको छ । होटल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरुबीच टिकाटालो भएको हो ।

टीकाटालोमा दुई पक्षका परिवारका सदस्यका साथै गौरव नजिकका सुनील थापा, विल्सन विक्रम राई, उदय सुब्बालगायतका फिल्मकर्मीहरु पनि सहभागी थिए । आगामी मंसिरमा विवाह हुने जनाइएको छ । उनीहरु विगत ३ देखि प्रेम सम्बन्धमा छन् । श्रेयानी पेशाले जुम्बा प्रशिक्षक हुन् ।

पुराना कलाकार टीका पहारीका छोरा रहेका गौरवले सन् २०१३ मा फिल्म ‘मञ्जरी’बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेका गौरव ‘साइँली’मा निर्माता समेत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here