बाबुरामलाई ‘साइज’मा राख्न प्रचण्डको नयाँ रणनीति, नेसपामा तरंग

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकताको लागि भन्दै पत्राचार गरेपछि नेपाल समाजवादी पार्टीभित्र खैलाबैला सुरु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’अमेरिका प्रस्थान गर्नु अगाडि नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बाइपास गरेर अर्का अध्यक्ष महिन्द्र राय यादवलाई पत्राचार गरेपछि नेसपाभित्र तरंग पैदा भएको छ।

पार्टी एकताका लागि भदौ ३० गतेको मिति राखेर अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी नेसपाका अध्यक्ष यादवलाई पत्र पठाइएको हो।

आम चुनावभन्दा अगाडि नै माओवादी र नेसपाबीच पार्टी एकताको समझदारी भएको थियो । त्यही समझदारी अनुसार नेसपाका केही नेताले माओवादीको चुनाव चिह्न बाटै चुनाव लडे । माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचन लडेका यादव हाल खानेपानी मन्त्री रहेका छन्।

आफूलाई माओवादी केन्द्रको बारम्बार बेवास्ता र गत असारमा गठित चार दल सम्मिलित समाजवादी मोर्चामा सामेल नगराएपछि भट्टराई दाहालसँग थप असन्तुष्ट बनेका थिए ।

दाहालले पछिल्लो समय भट्टराईलाई पार्टीमा भित्र्याए उनको पुरानो गुट ब्युँतिने भयले सशङ्कित भएर अनिच्छा प्रकट गरेको स्रोतको दाबी छ ।

गोरखा २ को आफ्नो निर्वाचन क्षेत्र छाडेर दाहाललाई सुम्पिएका थिए । भट्टराई दाहाल नेतृत्वको माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सम्मको तयारीमा थिए ।

प्रचण्ड यतिबेला संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका छन् भने भट्टराई यतिबेला भारतमा पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here