मोहम्मद सिराज बने नम्बर १ बलर

काठमाडौं । अस्ट्रेलियाका जोश हेजलवुडलाई पछि पार्दै भारतीय बलर मोहम्मद सिराज आईसीसीको एकदिवसीय वरीयतामा पहिलो नम्बरमा उक्लिएका छन् । एसिया कप क्रिकेटको फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका उनले वरीयतामा ८ स्थान सुधार गरेका हुन् । सिराजले एसिया कपमा १० विकेट लिएका थिए ।

यस्तै श्रीलङ्कासँगको फाइनल खेलमा उनले मात्र २१ रन दिएर ६ विकेट लिएका थिए । हेजलवुड गएको मार्चमा सिराजलाई नै पछि पार्दै एकदिवसीय बलिङ वरीयताको पहिलो नम्बरमा पुगेका थिए । हेजलवुड अहिले दोस्रो नम्बरमा छन् । तेस्रो नम्बरमा न्युजिल्यान्डको ट्रेन्ट बोल्ट छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here