फिफा वरीयतामा नेपाल यथावत्, अर्जेन्टिना शीर्ष स्थानमा कायमै

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत् नै रहेबो छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५औँ स्थानमा यथावत् रहेको हो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा छ । भारत वरीयताको १०२औँ स्थानमा छ ।

दक्षिण एसियाली वरीयताको दोस्रोमा रहेको माल्दिभ्स १५५औँ, चौथोमा रहेको भुटान १८४औँ, पाँचौँमा रहेको बंगलादेश १८९औँ, छैटौँमा रहेको पाकिस्तान १९७औँ र सातौँमा रहेको श्रीलंका २०२औँ स्थानमा छ । रीयताको शीर्ष स्थानमा विश्वकप विजेता अर्जेन्टिना यथावत् छ । दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा बेल्जियम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here