कार्यवाहक प्रधानमन्त्रीको निर्देशन-‘शिक्षकसँगको वार्ता आजै टुंगोमा पुर्‍याउनू’

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई निर्देशन दिएका छन् ।

रक्षा मन्त्रालयमा आज बिहान सरकारी वार्ता टोली संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार मन्त्री रेखा शर्मा,मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरुसंग छलफल गरेका हुन् ।

विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँ केन्द्रित विरोध गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here