यातायात ठप्प पारेर माइतीघरमा शिक्षकहरुकाे नाचगान

काठमाडौं । प्रतिनिधिसभामा दर्ता भएको शिक्षा सम्बन्धी विधयेकलाई लिएर असन्तुष्ट शिक्षकहरुकाे आन्दाेलनाे आज तेस्राे दिन हाे । तर,आन्दाेलनमा आएका शिक्षकहरु तेस्राे दिनमै सुस्ताएका छन् ।

नेतृत्व वार्ताको तयारीमा जुटेपछि शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै आन्दोलनरत शिक्षकहरू काठमाडौंको माइतीघरमा केन्द्रित भएका छन् ।

नेतृत्व वार्तामा जुटेपछि बानेश्वर-माइतीघर सडकमा सवारी आवागमन ठप्प पारेर उनीहरुले नाचगानसहित प्रदर्शन गरेका छन् ।

अहिले शिक्षकहरुले बानेश्वरस्थित एभरेस्ट होटल अगाडि प्रदर्शन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा भएको काठमाडौं केन्द्रित आन्दोलनमा देशभरबाट शिक्षकहरु आएका छन् ।

शिक्षकहरुको प्रदर्शनका कारण शुक्रबार पनि काठमाडौंको सवारी आवागनमा असहज भएको छ । वैकल्पिक मार्गको प्रयोग गरेर सावारी साधनहरु सञ्चालन भइरहेका छन् । जसका कारण खोला किनारका सडकमा समेत जाम बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here