कांग्रेस बैठकमा शिक्षक आन्दोलनको विषय प्रवेश, अर्थमन्त्रीको आलोचना

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा शिक्षक आन्दोलनको विषयले प्रवेश पाएको छ भने आर्थिक मन्दीलाई पार लगाउन कुनै कदम नचालेको भनी अर्थमन्त्रीको भने आलोचना भएको छ।

शिक्षकहरुले उठाएका जायज मागहरु सम्बोधन गर्न कांग्रेस केन्द्रीय सदस्यहरुले आग्रह गरेका छन्। ,‘ शिक्षा विधेकयबारे पार्टीले नेतृत्वको तर्फबाट एउटा निर्णय गर्नुपर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले माग गरेका छन् ।

गुरु बरालले शिक्षकहरुले आन्दोलनमा रहेको र उनीहरुका पनि पीडा रहेकाले शिक्षा विधेयकको बिषयलाई लिएर जायज माग पुरा गर्न बताए ।

केन्द्रीय सदस्य प्रा डा गोविन्दराज पोखरेलले अर्थमन्त्री डा प्रकाशरण महतमाथि बजार चलायमान बनाउने नीति लिन नसकेको बरु पदीय जिम्मेवारी विपरीत अनुत्तरदायी अभिव्यक्ति दिंदै हिंडेको आरोप लगाए।

‘अर्थमन्त्री राष्ट्र बैंकलाई मौद्रिक नीति कडा ल्याएको भनेर गाली गर्नुहन्छ। गभर्नर सरकारको नीतिका कारण अहिलेको स्थिति निम्तिएको भन्छन्। सरकारको संवेदनशील अंगमा बसेर यसरी अनुत्तरदायी भएर बोल्नु भएन’, पोखरेलले भने।

अर्थमन्त्री महत भने बैठक सुरु हुनु पहिले शुक्रबार बिहान इजिप्टको राजधानी गएका थिए। उनी एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट बैंकको वार्षिक बैठकमा भाग लिन गएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here