एसियाली खेलकुद: नेपाल भियतनामसँग पराजित

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ औं एसियाली खेलकुद अन्तर्गत समूह डी को पहिलो खेलमा भियतनाम सँग हार बेहोरेको छ ।

चीनको होङ्झाउमा शुक्रबार भएको खेलमा नेपाल भियतनामसँग २–० गोलअन्तरले पराजित भएको हो।

चीनको लागि फाम हाइ एन र थी बीच थुइले गोल गरिन्। खेलको ५३ औँ मिनेटमा एनले गोल गर्दै चीनलाई अग्रता दिलाइन्। ६३ औँ मिनेटमा थी बीचले चीनको लागि दोस्रो गोल गरिन्।

अब नेपालले असोज ८ गते जापान र असोज ११ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ। जापान विश्वकप विजेता टोली हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here