नेपाली क्रिकेट टोलीको बिदाइ, सन्दीप टिमसँगै चीन नजाने

काठमाडौं । १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहकाबीच नवनिर्वाचित नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले टोलीको बिदाइ गरेका हुन् ।

टोलीका महत्वपूर्ण बलर सन्दीप लामिछाने आफूविरुद्धको नाबालिग बलात्कार मुद्दाको पेसी रहेकाले उनी आज टिमसँगै चीन जाने छैनन् ।

आज मुद्दाको किनारा लागेर फैसला उनीअनुकूल आएमा सोमबार चीन जाने बताइएको छ । बिदाइ समारोहमा क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का उपस्थित थिए । लामिछाने भने बिदाइ समारोहमा उपस्थित भएनन् ।

नेपालले आउँदो बुधबार मंगोलिया र आइतबार माल्दिभ्सससँग खेल्ने तालिका छ । समूहको शीर्ष स्थानमा रहेमा नेपाल क्वाटरफाइनल प्रवेश गर्नेछ । जहाँ भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश ‘ए’ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here