बेइजिङ जाँदै प्रधानमन्त्री प्रचण्ड, नेपाल-चीन बिजनेस समिटमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हान्जाउबाट राजधानी बेइजिङ जाँदै छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गरेका हुन् ।

उनी ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । चिनियाँ मन्त्रीले स्वागत गरेपछी बेइजिङस्थित स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने छन् ।

आजै अपराह्न ४ बजे नेपाल-चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । समिटमा चीनका उच्चस्तरीय अधिकारीहरुसहित नेपालबाट गएका उद्योगी व्यवसायीहरुसमेतको टोली सहभागी हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here