आफ्नै नेताहरूलाई ओलीको चेतावनी, मेयर बालेनदेखि प्रचण्डसम्मको आलोचना

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको एमाले बागमती प्रदेश संगठन कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेताहरूलाई चेतावनी दिएका छन् ।

उनले नेतृत्वका आकांक्षीहरूलाई प्यानल बनाएर चुनाव लडे उम्मेदवारी खारेज गर्नेसम्मको चेतावनी दिए । ‘चुनाव त लड्नुहोस् तर प्यानल बनाएर चुनाव लड्नुभयो भने उम्मेदवारी खारेज गर्छु,’ उनको चेतावनी थियो ।

सम्बोधनका क्रममा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरे ।

बालेनले गरीबको सामान फालेर मात्रै फुटपाथको समस्या समाधान गर्न खोजेको उनको टिप्पणी थियो । विकल्प दिएर फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुभन्दा नगर प्रहरीले उनीहरूमाथि उल्टो ज्यादति गरिरहेको, सामान खोसेर बहादुरी गरेको सम्झिरहेको भन्दै ओलीले आलोचना गरे ।

‘प्रहरी गाडिबाट ओर्लेजसरी नगर प्रहरी उत्रिँदैन । गड्याकगुडक हामफाल्छ । कहाँ कुदेको हो, गुटुटु कुद्छ । आतंक मच्चाउँछ,’ उनले भने, ‘रिस उठेको बच्चाले जसरी सामान फाल्न थाल्छ । यो कस्तो व्यवस्थापन हो ? भनेर प्रश्न गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here