नवनिर्वाचित सचिव पारस खड्कासँग भेटवार्तापछि सन्दीपको एसियाड यात्रा निश्चित

काठमाडौं । नेपाली क्रिकेट टोलीका दुई स्पिनर सन्दीप लामिछाने र सागर ढकाल १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता खेल्न आज दिउँसो १२ बजे चीन जाने भएका छन् ।

आइतबार आफूविरुद्ध परेको जबर्जस्ती करणी मुद्धाको जिल्ला अदालत काठमाडौंमा पेशी परेको कारण सन्दीप चीन सोमबार जाने कार्यक्रम थियो ।

तर उनी सोमबार मानसिक रुपमा खेल्न नसक्ने अवस्थामा पुगेको भन्दै गएका थिएनन् । नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्काले सोमबार राति सन्दीपलाई भेटेर सम्झाएपछि उनी जान तयार भएका हुन् ।

उता सागर ढकाल स्पिनर ललित नारायण राजवंशीको स्थानमा जानेछन् । बुधबार टियु क्रिकेट मैदानमा अभ्यास खेलमा फिल्डिङ गर्नेक्रममा घाइते भएपछि बूटीबोनमा चोटका कारण ललितले एसियाड गुमाउने भएका हुन् । उनको स्थान सागरले लिने भएका छन् ।

नेपाली क्रिकेट टोली आइतबार नै चीन पुगेको छ । नेपालले पहिलो खेल बुधबार बिहान मंगोलियासँग खेल्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here