सामाजिक सद्‌भाव बिथोल्न ‘केही स्वार्थ समूह’ सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका विभिन्न ठाउँमा धार्मिक तथा जातीय सद्‌भाव खलबल्याउन ‘केही स्वार्थ समूह’ सक्रिय रहेको दाबी गरेको छ।

‘रास्वपाको यो बैठक सामाजिक सद्‌भावमा खलल पुग्ने गतिविधि नगर्न र अल्पसंख्यकको पहिचानको सम्मान गर्न सबैमा अपील गर्दछ’, बिहीबार बिहान जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, जुनसुकै धर्मावलम्बी वा समुदायको भावनालाई जुनसुकै आवरणमा चोट पुऱ्याई सामाजिक सद्‌भाव विथोल्न खोज्ने गतिविधिलाई तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउँदछौँ।’

‘केही स्वार्थ समूह’ कै योजनाअनुसार केही समयअघि सुनसरीको धरान र सर्लाहीको मलंगवामा धार्मिक/साम्प्रदायिक सद्‌भाव विथोल्ने घटना गराइएको निष्कर्ष रास्वपाले निकालेको छ। ‘तर, हाम्रो घनिष्ठ सामाजिक सम्बन्धले त्यसलाई सफल हुन दिएन’, बुधबार बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयमा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here