अभिनेता अनमोल केसी रिहा

काठमाडौं । फिल्मको पारिश्रमिकको विषयमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई हाजिरी जमानीमा प्रहरीले रिहा गरेको छ।

जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको हो ।

रिहा भएपछि केसी निर्माता सुनिलकुमार थापाको गाडी चढेर प्रहरी कार्यालयबाट बाहिरिएका छन् । फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here