कर्फ्यूकाबीच नेपालगञ्जमा दुई समूहबीचको झडप, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

काठमाडौं । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ । स्थिति तनावग्रस्त बनेपछि नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो ।

नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्याँस प्रहार गरेको थियो । त्यसक्रममा झडप हुँदा ८ जना घाइते भएको बताइएको छ ।

प्रशासनले दिउँसो १ बजेदेखि कर्फ्यू लगाएको छ । अहिले झडप रोकिएको छ । ठूलो संख्यामा सेना ,प्रहरी र सशस्त्र प्रहरी नगरका गल्ली–गल्लीमा परिचालन भएका छन् ।

तीन दिनअघि सामाजिक सञ्जालमा लेखेको विषयमा असन्तुष्टि बढ्दै गएपछि यहाँ दुई समुदायबीच तनाव बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here