दशैं टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौं । यो वर्षको दशैं टीकाको साइत ११ बजेर २ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम साइत जुरेको हो । टीका लगाउने मानिस पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ ।

त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ । कात्तिक ४ गते शनिबार फूलपाती परेको छ ।, कात्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । कात्तिक ६ गते सोमबार महानवमी पर्व मनाइन्छ ।

सोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको छ । असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १०:१९ बजे रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here