धादिङमा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु

काठमाडौं । धादिङमा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु भएको छ । गजुरी गाउँपालिका–२, मजुवामा बाटो काट्ने क्रममा प्रदेश २–००१ ख ६४१३ नम्बरको ट्रकले ठक्कर र दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १५ र १६ वर्षका क्रमशः सञ्जिव श्रेष्ठ र निर्मल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुवैजना बागेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी हुन् । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here