जलवायु परिवर्तनको दीर्घकालीन असर, ढिलो बाहिरिन थाल्यो मनसुन

काठमाडौं । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो ।

तर यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात जुन १४ तारिख (जेठ ३१ गते) मनसुन नेपाल भित्रिएको थियो । कहिलेकाहिँ सरदर मितिभन्दा दुई-चार दिन ढिलो-चाँडो पनि मनसुन बाहिरिने गर्दछ । पूर्वी नेपालबाट भित्रिएको मनसुन पश्चिम नेपालबाट बाहिरिन सुरु गर्छ ।

तर, सन् २००० यता मनसुन ढिलो गरी बाहिरिन थालेको छ। यसलाई जलवायु परिवर्तनको दीर्घकालीन असर मान्न सकिने मौसमविद्हरू बताउँछन्।

मुलुकमा पानी पर्ने प्रणाली र प्रक्रियामा पनि परिवर्तन आएको छ। सुक्खा हुने वा अत्यन्त वर्षा हुने क्रम बढ्दै गएको छ। धेरै वर्षा हुने ठाउँमा कम वर्षा हुने र कम वर्षा हुने ठाउँमा धेरै वर्षा भएका घटना छन्।

चरम मौसमी अवस्थाहरू पनि देखिएका छन्। अत्यधिक जाडो र अत्यधिक गर्मी हुन थालेको छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार सन् २००० यताका १३ वर्षमा मनसुन ढिला बाहिरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here