वेव सिरिज ‘भैरबी’ प्रत्येक सोमबार मिडिया हवको अफिसियल च्यानलमा

काठमाडौं । भीएफएक्सको प्रयोग गरि निर्माण गरिएको नेपाली वेव सिरिज भैरबीले आफ्नो प्रशारण सुरु गरेको छ ।

मिडिया हवको निर्माणमा तयार भएको भैरबीले दैविक शक्ति, प्राकृतिक सुन्दरता तथा सामाजिक कथाबस्तु गर्नेछ ।

ओकेश पनेरुको लेखन निर्देशनमा तयार भएको सिरियलमा नयाँ प्रयोग गर्दा दर्शकहरुले भैरबीलाई फरक प्रकारले हेरिरहेको बुझिएको छ ।

भिडियोमा आएका प्रतिकृयाहरु सकारात्मक र हेर्नेहरुले यसबाट आगामी दिनमा अझ राम्रो हुने आशा समेत व्यक्त गरेका छन् ।

भैरबीमा टिकटककी चर्चित मोडल दीपा शाही, चर्चित कलाकार हिउँबाला गौतम, अमृता श्रेष्ठ, मञ्जु श्रेष्ठ, रत्न प्रजापती, अस्मिता बस्नेत, राजु सिंह, बालकलाकार आरध्या डिसी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

बिनय कार्की पाश्र्व संगीत, शुभास देवकोटाको सम्पादन गरेको भैरबीका दृश्यलाई थप दमदार देखाउँन भुपेन तिवारीले भिएफएक्स गरेका छन् भने सोम धिताल र सिद्धार्थ धिताल प्रमुख निर्माता हुन् ।

भैरबी प्रत्येक सोमबार साँझ ६ः४५ बजे मिडिया हव अफिसियल च्यानलमार्फत साप्ताहिक रुपमा प्रशारण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here