भूकम्प प्रभावितलाई राहत तथा पुनर्निर्माणका प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले बझाङ केन्द्रबिन्दू भएर मंगलबार गएको भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा उपचारमा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बिहीबार बसेको विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्‌को बैठकले प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि लगत संकलन गर्ने निर्णय पनि गरेको छ।

बैठकले क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि आर्थिक तथा अन्य सहयोगका लागि तत्काल प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ।

भूकम्पपछिको राहत, उद्धार तथा पुननिर्माणमा तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बैठकको निष्कर्ष छ। बैठकले सरकारका तर्फबाट राहत, उद्दार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने निष्कर्ष समेत निकालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here