सिक्किम बाढीमा मृत्यु हुनेको संख्या १४ पुग्यो, १०२ जना बेपत्ता

काठमाडौं । भारतमा एक हिमताल फुटेर सिक्किममा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या १४ पुगेको बताइएको छ ।

बाढीमा परेर १०२ जना बेपत्ता भएका र राज्यका विभिन्न भागमा तीन हजारभन्दा बढी पर्यटक अलपत्र परेका आशंका गरिएको छ । बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुलहरू बगाएर विनाश गरेको छ ।

तिब्बती आध्यात्मिक नेता दलाई लामाले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई पत्र लेख्दै बाढीको दुःखद घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

हिजो बेपत्ता भएका २३ भारतीय सैनिक पनि अझै फेला नपरेका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । विश्वको तेस्रो सबैभन्दा अग्लो शिखर कञ्चनजङ्घामा रहेको हिमनदीको फेदमा अवस्थित ल्होनाक ताल फुट्दा पानीको बहाव बढेको जनाइएको छ । विश्वव्यापी तापक्रम बढ्दै जाँदा हिउँ पग्लिएर हिमनदीबाट विनाशकारी बाढी आउने क्रम बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here