बझाङ केन्द्रविन्दु भएर फेरि भूकम्प

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति २ पटक भूकम्प गएको हो।

बिहीबार राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। यस्तै, बिहीबार राति १२:२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि मंगलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर भूकम्पबाट १ जनाको मृत्यु हुनुका साथै जनधनको क्षति भएको थियो। सुरुमा मंगलबार दिउँसो २:४० बजे बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ रेक्टस्केलको भूकम्प गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here