फूडमाण्डुको ‘बडा दशैं बाइट्स’ अफर, कम्बो खाना अर्डरमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले ‘बडा दशैं बाइट्स’ नामक अफर ल्याएको छ ।

यो क्याम्पेनमा उपभोक्ताले दुईवटा अफर प्राप्त गर्न सक्नेछन् । पहिलो अफर अन्तर्गत ग्राहकले हरेक दिन विभिन्न रेस्टुरेन्टहरूबाट २५ प्रतिशत फ्ल्याट डिस्काउन्ट पाउन सक्नेछन् । त्यस्तै, दोस्रो अफर अन्तर्ग ३० भन्दा बढी रेस्टुरेन्टहरूबाट कम्बो खानाहरूमा ५० प्रतिशतसम्मको डिस्काउन्ट पाउन सक्ने छन् ।

फूडमान्डुकी ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनशा भट्टराईले यो विशेष अफरले ग्राहकहरूकोे दशैं उत्सवमा थप आनन्द र स्वादिष्टता ल्याउने बताइन् ।

‘यस अभियान मार्फत हाम्रा ग्राहकहरूसँग दशैं मनाउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हामी सधैं उत्कृष्ट खाना र डेलिभरीद्वारा आफ्ना ग्राहकहरूलाई सेवा दिने प्रयासमा लागिरहेका हुन्छौं । आशा छ कि यी विशेष अफरहरूले हाम्रा ग्राहकहरूकोे यस उत्सवमा थप आनन्द र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत गरोस्,’ उनले भनिन् ।

यो अफर कात्तिक २ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । यी अफरहरूको फाइदा उठाउन ग्राहकले फूडमान्डुुको वेबसाइटमा वा फूडमान्डुुको एप डाउनलोड गरेर फूड अर्डर गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here