दशैंको लागि २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने,अनलाइनबाटै काट्न मिल्ने

काठमाडौं। यातायात व्यवसायी दसैंका लागि सोमबारदेखि बस टिकटको अग्रिम बुकिङ खोल्न सहमत भएका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा भएको छलफलमा असोज २२ गतेदेखि बसको अग्रिम टिकट खोल्ने सहमति भएको हो।

सहमति अनुसार नयाँ बसपार्क लगायत क्षेत्रबाट सोमबार अग्रिम टिकट बुकिङ सुरु हुनेछ। यसबाहेक अनलाइनबाट पनि सोमबारदेखि टिकट काट्न सकिनेछ। बससेवा डटकमको एपबाट अग्रिम बुकिङ खुला भएको दिनबाटै टिकट काट्न सकिने जनाइएको छ। दशैं अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here